यसकारण कर्णाली जाँदैछ सरोकार समिति « Nagarik Khabar

यसकारण कर्णाली जाँदैछ सरोकार समिति



काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्णाली क्षेत्रको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले कर्णाली क्षेत्रको विकाश निर्माण सम्बन्धमा स्थलगत अध्ययन गर्ने भएको हो ।

कर्णालीको विकाशको सम्बन्धमा धेरै प्रयास भए पनि अपेक्षित प्रतिफल आउन नसकेको गुनासो बढिरहेको बेला समितिले स्थलगत अध्ययन गर्ने भएको छ ।

कर्णाली क्षेत्रमा बसोबास गर्ने जनताको दैनिकी र जीवन स्तर समेत मानव सूचकांकको आधार बिन्दु भन्दा तल रहेको छ ।

समितिले आफ्नो स्थलगत अध्ययन भ्रमणमा विकाश निर्माण, सामाजिक विकाश, शिक्षा, उद्योग, पर्यटन, प्राकृतिक स्रोत-सम्पदा समेतको अध्ययन गर्ने कार्यसूची छ ।

समितिले स्थलगत अध्ययन भ्रमणले बिकाशमा भएको बाधा फुकाउन सहयोग पुग्ने र स्थानीयको गुनासो समेत सुनिने भएकोले अध्ययन भ्रमण महत्वपूर्ण हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: