विद्या पनि कास्टिङ काउचको शिकारमा, जब निर्देशकले उनलाई कोठमा लगे… « Nagarik Khabar

विद्या पनि कास्टिङ काउचको शिकारमा, जब निर्देशकले उनलाई कोठमा लगे…



एजेन्सी । बलिउड फिल्म मिशन मंगलबाट फेरि सफलताको सूचीमा नाम लेखाउन सफल भएकी छिन् अभिनेत्री बिद्या बालन ।

बिद्या यस्ती अभिनेत्री हुन्, जसले फिल्म छानेर मात्र अभिनय गर्ने गर्छिन् । विद्याले सन् २००५ बाट बलिउडमा प्रवेश गरेकी थिइन् । फिल्म परिणीताबाट उनले बलिउडमा पाइला चालेकी थिइन् । बिद्याले थुप्रै हिट फिल्ममा अभिनय गरेकी छिन् ।

बलिउडका संघर्षको सुरु गर्दा उनले निकै पीडादायी दिन बिताउन बाध्य हुनुपर्यो । बिद्याले पनि कास्टिङ काउचको सामना गर्नुपरेको बताएकी छिन् । उनले आफैले यो कुराको खुलासा गरेकी छिन् ।

हालै बिद्याले एक अन्तवार्ताको क्रममा आफू कास्टिङ काउचको सामना गर्नुपरेको बताएकी हुन् । उनले आफ्नो जीवनकै नराम्रो अनुभव शेयर गरेकी छिन् ।

१२ प्रोजेक्ट्स पाइनन्

विद्या बालनका अनुसार, कुनै बेला विद्याबाट १२ वटा प्रोजेक्टबाट बाहिरिनु परेको थियो । तर पनि कामको लागि उनी लगातार मानिसहरुसँग भेटघाट गरिरहिन् ।

निर्देशकलाई भेटिन्

उक्त समयमा उनले चेन्नाइमा एक निर्देशकलाई भेटिन् । निर्देशकले विद्यासँग यस्तो कुरा गरे कि, उनको कुराअनुसार निर्देशकले विद्याको फाइदा उठाउन चाहन्थे ।

विद्यालाई कोठामा लगे…

निर्देशकले बारम्बार उनलाई कोठामा जान आग्रह गरे । विद्याका अनुसार कफी सपमा निर्देशकसँग भेट भएको थियो । उक्त व्यक्तिले आफूलाई बारम्बार कोठमा जान आग्रह गरेको उनले सुनाइन् ।

थप कुरा गर्न बारम्बार कोठामा जान आग्रह गरेपछि विद्या कोठामा पनि गइन् । तर कोठामा पुगेर विद्याले ढोका खुल्लै राख्न भनिन् । कोठा खुल्लै भएपछि उक्त निर्देशक ५ मिनेटपछि केही नबोली कोठाबाट निस्केको विद्याले बताएकी छिन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Joy ?… #Alive #Happy #FunintheSun #PureJoy @sandhu_aditi you’ve got to be the best candid photographer i know ?.Thankoo ?! @rickroyco i looove my dress ?.Thankoo ?!

A post shared by Vidya Balan (@balanvidya) on

अडिसन दिन पुग्दा…

उनले अर्को एक खुलासा गरेकी छिन्, उनलाई एक तमिल फिल्म निर्देशकले फोन गरेर फिल्मको कथा सुनाए र अडिसनको लागि बोलाए । केही दिनपछि अडिसनको लागि जाँदा त्यहाँ अडिसनको कुनै तयारी नै थिएन ।

अडिसन दिन पुगेकी विद्यालाई निर्देशकले एक ड्रेस र केही डायलग दिए । उक्त डायलग यत्ति भद्दा थियो कि उनले बोल्नै सक्ने किसिमको थिएन । त्यसपछि विद्या त्यहाँबाट निस्किइन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

#MissionMangal promotions Saree – @gandhisawan Makeup – @shre20 Hair – @bhosleshalaka Styled by – @who_wore_what_when

A post shared by Vidya Balan (@balanvidya) on

मिशन मंगलको कमाई

विद्या अभिनित पछिल्लो फिल्म मिशन मंगलले अहिलेसम्म १०० करोड भन्दा बढी कमाउन सफल भएको छ । फिल्ममा अक्षय कुरमारको पनि मुख्य अभिनय छ । तर दर्शकले विद्याको अभिनयलाई पन िनिकै मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: