ट्राफिक नियम मिच्ने गाडी यातायातमन्त्रीको रहेको पुष्टि, चालकलाई कारवाही « Nagarik Khabar

ट्राफिक नियम मिच्ने गाडी यातायातमन्त्रीको रहेको पुष्टि, चालकलाई कारवाही



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ट्राफिक नियम मिच्ने भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठको गाडी रहेको पुष्टि भएको छ ।

मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएका हुन् ।

पैदलयात्रु हिड्ने बाटो बढी मिचेर गाडी रोकिएपछि पैदलयात्रु मारमा परेका थिए । तर उक्त समयमा मन्त्रीभने गाडीमा नरहेको जनाइएको छ । ट्राफिक नियम मिचेको देखेपछि नयाँ बानेश्वर क्षेत्रमा ह्वील लक बोकेर हिडेका ट्राफिक प्रहरीले ह्वील लक लगाएका थिए ।

पैदल यात्रुले ट्राफिक प्रहरीको यस्तो कदमको खुलेर प्रशंसा गरेका थिए । ट्राफिक प्रहरीले मन्त्रीको गाडी चिन्दाचिन्दै पनि ह्वील लक लगाएका थिए ।

यसबारे नागरिक खबरले समाचार प्रकाशित गरेको थियो । प्रहरी उच्च स्रोतका अनुसार, नियम मिचेर सडकमा गाडी राख्ने मन्त्रीको चालकलाई कारवाही गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: