मकै सिध्यायो फौजी किराले « Nagarik Khabar

मकै सिध्यायो फौजी किराले



काठमाडौं । अमेरिकी फौजी किराले ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङमा मकै बाली सखाप पारेको छ । किराको प्रकोप फलिँदा मकै किसान आतंकित बनेका छन् ।

ओखलढुंगाको सिद्धिचरण राजमार्ग र ओखलढुंगा–हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले सबैभन्दा बढी मकै बाली सखाप पारेको छ । त्यस क्षेत्रमा ९० प्रतिशत हिउँदे मकैको नष्ट गरेको अनुगमनका क्रममा भेटिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवले बताए ।

उनले भने, ‘ओखलढुंगापछि खोटाङमा धेरै नष्ट गरेको छ, खोटाङमा ७०, उदयपुरमा २५ र भोजपुरको तथ्यांक आउन बाँकी छ । यो एकै रातमा पनि बढ्न सक्छ ।’

ओखलढुंगामा नमुना र किरा परीक्षण गर्दा अमेरिकी फौजी किराको पुष्टि भएको उनले जानकारी दिए । ‘पहिले पनि मकैमा किराको प्रकोप देखिन्थ्यो । प्रदेश १ मै फौजी किराको प्रकोप पुष्टि भयो । यसले एकै रातमा एक सय किलोमिटरसम्मको मकै नष्ट गर्न सक्छ,’ यादवले भने ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा रविन भट्टराई, प्रदीपचन्द्र राईशिवप्रसाद ढुंगानाले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: