बंगलादेशका बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने « Nagarik Khabar

बंगलादेशका बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने



काठमाडौं । बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ ।

सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ । यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’ (कुमारी), बिधवा वा पारपाचुकेमध्ये एउटामा चिन्ह लगाउनुपथ्र्यो ।

विधवा र पारपाचुके भने कायम राखिएको छ । अदालतले ‘भर्जिन’ शब्दलाई अपमानजनक र विभेदकारीसमेत भनेको छ ।

यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर गरेको छ । यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए । बंगलादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकले यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: