कांग्रेस बैठक आज, भातृसंस्था लथालिंग « Nagarik Khabar

कांग्रेस बैठक आज, भातृसंस्था लथालिंग



काठमाडौं । कांग्रेसका भातृसंस्था लामो समयदेखि अधिवेशन नहुँदा तदर्थवादको अवस्थाबाट गुज्रिएका छन् । कांग्रेसलाई सशक्त बनाउन भातृसंस्था चलायमान बनाउनुपर्ने भए पनि सबैजसो भातृसंस्थाको अवस्था भने ‘दयनीय’ छ ।

कांग्रेसका १३ भातृसंस्थामध्ये अधिकांशको समयावधि गुज्रिसकेको छ । समयमै अधिवेशन नहुँदा भातृसंस्था अस्तित्वमा मात्रै सीमित छन् । ‘कांग्रेसले पार्टीलाई आधुनिक र सुदृढ बनाएर जाने हो भने भातृसंघसंगठन र शुभेच्छुकसंगठनलाई आधुनिक बनाउन आवश्यक छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुन्छ र पार्टीले आवश्यक निर्णय गर्छ ।’

कांग्रसले बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा विभिन्न १४ एजेण्डा छलफलका लागि पेश गरेकोमा आजको बैठकमा भातृसंस्थाहरुबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: