एमाले मोडमा गाडी दुर्घटना « Nagarik Khabar

एमाले मोडमा गाडी दुर्घटना



काठमाडौं । बुधबार विहान करिब ३ बजेको समयमा रत्न राजमार्गस्थित एमालेमोडमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३२७ नम्बरको यात्रुबाहक बस रत्न राजमार्गस्थित हर्रे र बबईको बीचमा पर्ने एमाले मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी एकजनाको मृत्यु भएको तथा २७ जना घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ । घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: