सडकमै ‘ह्वील लक’ मन्त्रीको गाडी चालकलाई यस्तो कारवाही « Nagarik Khabar

सडकमै ‘ह्वील लक’ मन्त्रीको गाडी चालकलाई यस्तो कारवाही



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ट्राफिक नियम मिच्ने भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ चढ्ने गाडी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाए पनि त्यसै छाडेको थियो ।

त्यसबारेको समाचार नागरिकखबरमा प्रकाशित भएपछि ट्राफिक प्रहरीले मन्त्रीको गाडी चालकलाई जथाभावी पार्किङ गरेको भन्दै कारवाही गरेको हो । चालक शीवराम थापालाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

जथाभावी पार्किङ गरेकोमा चालकलाई एक हजार जरिवाना गर्ने व्यवस्था रहेको एसएसपी पन्तले बताए । यो घटनासँगै नियम विपरित यातायात साधन पार्किङ गर्ने र नियम नमान्नेहरु जोकोही भएपनि ट्राफिक प्रहरीले नछाड्ने नीति लिएको स्पष्ट भएको छ ।

पैदलयात्रु हिड्ने बाटो बढी मिचेर गाडी रोकिएपछि पैदलयात्रु मारमा परेका थिए । तर उक्त समयमा मन्त्री भने गाडीमा नरहेको जनाइएको छ । ट्राफिक नियम मिचेको देखेपछि नयाँ बानेश्वर क्षेत्रमा ह्वील लक बोकेर हिडेका ट्राफिक प्रहरीले ह्वील लक लगाएका थिए ।

पैदल यात्रुले ट्राफिक प्रहरीको यस्तो कदमको खुलेर प्रशंसा गरेका थिए । ट्राफिक प्रहरीले मन्त्रीको गाडी चिन्दाचिन्दै पनि ह्वील लक लगाएका थिए ।

यो पढ्नुभयो ? 

ट्राफिक नियम मिच्ने गाडी यातायातमन्त्रीको रहेको पुष्टि

‘ह्वील लक’ लागेको मन्त्री चढ्ने गाडी : किन भएन कारवाही ?

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: