चपली हाइट ३ मा स्वस्तिमा खड्का « Nagarik Khabar

चपली हाइट ३ मा स्वस्तिमा खड्का



काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘चपली हाइट ३’ मा अनुबन्धित भएकी छिन् ।

उनले अभिनय गरेको फिल्म बुलबुलले चौतर्फी प्रशंसा पाउन सफल भएको थियो । तर हालै रिलिज भएको स्वस्तिमा अभिनित फिल्म ‘हजार जुनी सम्म’ भने सोचेअनुरुप सफल हुन सकेन ।

दिपेन्द्र के खनालले निर्देशन गरेको चपली हाइट सफल फिल्म मानिन्छ । चपली हाइट २ भने खासै सफल हुन सकेन । चपली हाइट ३ लाई भने निकेश खड्काले निर्देशन गर्नेछन् ।

फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, प्रतिक श्रेष्ठ र अमिर गौतमको अभिनय रहने बताइएको छ ।

दशैंपछि फिल्मको छायाँकन सुरु गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: