क्यानडाका प्रधानमन्त्रीसँग मेलानियाको यो तस्बिर, ट्रम्प र मर्केलको त्यो तस्बिर « Nagarik Khabar

क्यानडाका प्रधानमन्त्रीसँग मेलानियाको यो तस्बिर, ट्रम्प र मर्केलको त्यो तस्बिर



एजेन्सी । फ्रान्समा आयोजित जि–७ राष्ट्रहरुको सम्मेलनमा खिचिएको एउट तस्बिर अहिले भाइरल भइरहेको छ ।

उक्त तस्बिरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी (अमेरिकी प्रथम महिला) मेलानिया ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोलाई देख्न सकिन्छ ।

द गार्जिएनका अनुसार यो तस्बिर आइतबार लिइएको हो । आइतबार साँझ विश्व नेताहरु पारिवारिक फोटोका लागि गइरहेका थिए ।

उक्त तस्बिरमा मेलानिया टुडोलाई पारम्परिक किस गर्नका लागि झुकेको देखिन्छ । फोटोको अर्काे रोचक पक्ष के भने पत्नी मेलानीयाले टुडोलाई किस गर्न लाग्दै गर्दा राष्ट्रपति ट्रम्प भने आँखा चिम्लिएको अवस्थामा देखिएका छन् ।

यो फोटो सार्वजनिक भएसँगै भाइरल भएको छ । मानिसहरुले विभिन्न कोणबाट यसउपर टिकाटिप्पणी गरेका छन् । ट्वीटरमा त यसको व्यापक चर्चा भइरहेको छ ।

जि–७ को दौरान यस्तो गरी चर्चामा आएको यो पहिलो तस्बिर भने होइन । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्प र जर्मन चान्सल एन्जेला मर्केलको पनि यस्तै तस्बिर भाइरल भएको थियो ।

यो पनि पढ्नुहोस् ।

प्रोटोकलविपरीत ट्रम्पले महारानी एलिजावेथलाई छोएपछि…

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: