हैट, लोकेन्द्र दाईले यी सबथोक कसरी भ्याउनुभयो होला, एकैपटक ! « Nagarik Khabar

हैट, लोकेन्द्र दाईले यी सबथोक कसरी भ्याउनुभयो होला, एकैपटक !



  • राजकुमार दिक्पाल

यता हेर्यो एमाले, उता हेर्यो एमाले ! लाग्थ्यो, कुनै समय ‘सूर्यबहादुर थापाको जिल्ला’ भनी प्रचार गरिएको धनकुटामा त २०४६ सालको परिवर्तनपछि ढुङ्गा माटोनै एमाले ।
यसै सन्दर्भमा यहाँनेर २०४९ सालको स्थानीय निकायको निर्वाचनको कुरा कोट्याऊँ ।

यो निर्वाचनमा धनकुटामा प्रचण्ड बहुमतको साथ जिल्ला विकास समिति एमालेले कब्जा गर्यो । तत्कालीन सत्तारुढ नेपाली काँग्रेसले धनकुटा नगरपालिकाको जीतसँगै जिल्लामा अत्यन्तै फितलो हैसियतमा दोस्रो स्थानमा चित्त बुझायो भने थापा पार्टी अर्थात् राप्रपाले तेस्रो स्थानमा आफूलाई उभ्यायो ।

यस लेखक आफै त्यसबेला अखिलको कार्यकर्ता भएका कारण थापा पार्टीका मानिसलाई मनमा त्यति राख्दैनथ्यो ।

एकातिर मातृपार्टी एमालेले साविकको एमालेका लागि देशभरकै नमूना बनेर जिविस कब्जा गरेको बेला हामी तत्कालिन र अझ स्थानीय अखिल कार्यकर्ताको भूईँमा खुट्टा थिएन । त्यो निर्वाचनमा साविकको महाभारत गाविसबाट धर्मध्वज राई र हात्तिखर्क गाविसबाट लोकेन्द्र तिगेला थापा पार्टी अर्थात राप्रपाबाट विजयी हुनुभयो । हामी राप्रपाका मान्छेलाई ‘मान्छे’ नै गन्दैनथ्यौँ ।

काँग्रेसलाईभन्दा पनि थापा पार्टीलाई हाम्रो जिल्लामा आफूहरुको कट्टर विपक्षी ठान्थ्यौँ । त्यहीँ समय थापा पार्टीले धनकुटाको दुई गाविसमा अध्यक्ष जितेको थियो भने जिल्ला विकास समितिमा एक जना सदस्य । संयोग पनि कस्तो भने जिल्ला विकास समितिमा थापा पार्टीबाट विजयी चक्र कटुवाल मेरो दाजु डम्बरको सहपाठी । गोकुण्डेश्वर माविमा पढ्दा उहाँ हाम्रो घरमा आइरहनुहुन्थ्यो । उहाँ बितिसक्नुभएछ । मावि तहको विद्यार्थी छँदा हाम्रो घरमा बारम्बार आइरहने चक्र दाई जिविस सदस्य भएपछि हाम्रो घरमा आएको थाहा छैन मलाई ।

एकातिर मातृपार्टी एमालेले साविकको एमालेका लागि देशभरकै नमूना बनेर जिविस कब्जा गरेको बेला हामी तत्कालिन र अझ स्थानीय अखिल कार्यकर्ताको भूईँमा खुट्टा थिएन । त्यो निर्वाचनमा साविकको महाभारत गाविसबाट धर्मध्वज राई र हात्तिखर्क गाविसबाट लोकेन्द्र तिगेला थापा पार्टी अर्थात राप्रपाबाट विजयी हुनुभयो । हामी राप्रपाका मान्छेलाई ‘मान्छे’ नै गन्दैनथ्यौँ, त्यसैले महाभारत गाविसका धर्मध्वज राईलाई आजसम्म मैले देख्न र भेट्न पाएको छैन ।

हामी उग्र अखिल कार्यकर्ताहरुलाई विनयी स्वभावले ब्यवहार गर्ने हात्तीखर्क गाविसका तत्कालीन अध्यक्ष लोकेन्द्र तिगेलासँग म आफू पग्लिएँ, त्यसैले उहाँले जति माया दिनुहुन्थ्यो, उतिनै उहाँप्रति मेरो आदरभाव बढोत्तर हुने नै भयो ।

एक जोर मायालु आँखा
थापाको मान्छे भएर पनि म अखिल कार्यकर्तालाई देखभेटमा बोलाइरहने, तत्कालीन किरात याक्थुङ चुम्लुङको जिल्ला कार्यालय रहेको हाम्रो घरमा बेलाबेला टुप्लुक्क आइपुग्ने थापा पार्टीका एकजना गाविस अध्यक्षप्रतिचाहिँ मेरो मनले कहिले पनि वैरभाव राखेन ।

हामी उग्र अखिल कार्यकर्ताहरुलाई विनयी स्वभावले ब्यवहार गर्ने हात्तीखर्क गाविसका तत्कालीन अध्यक्ष लोकेन्द्र तिगेलासँग म आफू पग्लिएँ, त्यसैले उहाँले जति माया दिनुहुन्थ्यो, उतिनै उहाँप्रति मेरो आदरभाव बढोत्तर हुने नै भयो ।

मुन्धुम र इतिहासले जोडेको सम्बन्ध
मेरो बुवा कप्तान आशबहादुर यक्सो लिम्बु जीवित हुँदासम्म धेरै लिम्बु सुब्बा अगुवाहरु हाम्रो घरमा आएको मेरो आँखामा धमिलो भए पनि स्पष्ट छ । तीमध्ये हात्तीखर्कका सुब्बा हृदयमान खेवा तिगेला पनि हाम्रो घरका नियमित आगन्तुक हुनुहुन्थ्यो । हृदयमानले आफ्ना दुई छोरा खगेन्द्र र हरिराज (स्वर्गीय पूर्वराज्यमन्त्री) र भतिज जगतलाई हाम्रो घरमा राखिदिनुभएको थियो, सदरमुकामको विद्यालयमा पढ्नका लागि ।

थाहा छ्रैन, तर त्योबेला अर्थात पञ्चायती व्यवस्थाको समयमा पनि लोकेन्द्र तिगेलाको कहिलेकाहिँको बास हाम्रो घरमा पर्यो होला । मुन्धुम र इतिहासप्रेमी मेरा बुवा हरेक १५ दिनमा मुन्धुममा आधारित भएर पूजापाठ गर्नुहुन्थ्यो भने हरेक साँझ–बिहान मुन्धुममै आधारित रहेर धूप सल्काउनुहुन्थ्यो । त्यो भएकोले मुन्धुम र इतिहासप्रेमी सुब्बा हृदयमान खेवा तिगेलाका भाई ललितबहादुरका छोरा लोकेन्द्रको हाम्रो घरमा पञ्चायतकालीन अवस्थामा पनि बास परेकै होला भन्ठान्छु । यस कुरा मैले सोध्न भ्याइनँ, उहाँ बितेरै गइसक्नुभयो ।

लोकेन्द्र दाईकै नेतृत्वमा छापियो, ‘मानव उत्पति र खेवावंश’ (२०५५) । वंशावली लेख्नु भनेको कठिन मात्र होइन, जोखिमपूर्ण पनि हुन्छ । वंशावलीमा जो समेटिन सक्दैन उसले अपजस बाहेक केही दिँदैन, जो समेटिए, उसले जस दिन आवश्यक नै ठान्दैन । कतिपय इतिहास लेखनमा प्रमाण नपुग्दा वा पुष्टि गर्न खोज्दा प्रचुर समय खर्च गर्नुपर्ने हुन्छ । वंशावलीमा छुट्नेहरुको अपजस बेहोर्नु पर्ने त, वंशावलीकारले छँदैछ ।

प्रथम वंशावलीकार
लोकेन्द्र दाईसँग मेरो ब्यक्तिगत सम्बन्ध र चिनजानका सन्दर्भ र सम्बन्ध आफ्नै महत्वको होला, तर उहाँले सपर्मण गर्नुभएको जीवनचाहिँ मेरो लागि साह«ै महत्वपूर्णको छ । खासगरी, इतिहास, मुन्धुम र संस्कृतिसम्बन्धी उहाँहरुजस्ताको समर्पणबाट सिकेको अभ्यासकै कारण ममा नेपालको इतिहाससम्बन्धी केही जागरण आएको छ, र केही लेख्ने अभ्यास गरिरहेको छु ।

लोकेन्द्र दाईकै नेतृत्वमा छापियो, ‘मानव उत्पति र खेवावंश’ (२०५५) । वंशावली लेख्नु भनेको कठिन मात्र होइन, जोखिमपूर्ण पनि हुन्छ । वंशावलीमा जो समेटिन सक्दैन उसले अपजस बाहेक केही दिँदैन, जो समेटिए, उसले जस दिन आवश्यक नै ठान्दैन । कतिपय इतिहास लेखनमा प्रमाण नपुग्दा वा पुष्टि गर्न खोज्दा प्रचुर समय खर्च गर्नुपर्ने हुन्छ । वंशावलीमा छुट्नेहरुको अपजस बेहोर्नु पर्ने त, वंशावलीकारले छँदैछ ।

यी सबै जस र अपसजसको भागिदार बन्ने ठूलो साहस लोकेन्द्र दाईबाट भयो भन्ने महसुस म सजिलै गर्न सक्छु ।
तेहथुम, म्याङलुङको मावलीमा रही कृष्णकुमार राई (पूर्वसहायक मन्त्री)सँगै सानीआमाको छोराको हैसियतबाट तत्कालीन सिंहबाहिनी माविमा सहपाठी हुनु, अनि आफ्नै मामा लिलाबहादुर तुम्बाहाम्फे प्रधानाध्यापक हुनुले र त्यहीँबाट दीक्षित हुनुले लोकेन्द्र दाईमा विद्याको उचित विकास हुनपुग्यो । फलतः पढाई सकिएपछि उहाँ शिक्षण पेशामा लाग्नुभयो । पछि उहाँले आफूले पढाएको विद्यालय भारतीलाई आफू तत्कालीन प्रावि शिक्षक भएपनि उहाँले त्यसलाई मावि बनाएरै छाड्नुभयो ।

२०३९ सालको निर्वाचनमा खेवा वंशको नाक राख्दै उहाँ हात्तिखर्क गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचिन हुनुभयो । २०४३ सालको स्थानीय निर्वाचनमा गाउँ पञ्चायतको प्रधानपञ्चमा झिनो मतले पराजित हुनुभएपनि उहाँले किसान संगठनको तत्कालीन सभापतिको हैसियतबाट सामाजिक काममा सक्रियता देखाइरहनुभयो । एकातिर राजनीतिक कार्यकर्ता, अर्कातिर जनप्रतिनिधि र समाजसेवा, अनि त्योसँगै संस्कृति, इतिहास र वंशावलीको गहन खोजी र अध्ययन ।

इच्छा थियो, खेवा वंशावलीलाई परिमार्जन गर्ने । यसका लागि भारतका सिक्क्मि, कालिम्पोङ र आसम गएर थप वंशावलीका सामग्री ल्याउनुभएको थियो । तर यो कामका लागि समयले उहाँलाई पर्खिएन ।

 हैट, लोकेन्द्र दाईले यी सबथोक कसरी भ्याउनुभयो होला, एकैपटक !

उहाँको राजनीतिक जीवनसँग जोडिएका इत्यादि कुरा छन् । तर उहाँले पछिल्लो समय जाति, संस्कृति र इतिहाससम्बन्धी समर्पणमा आफ्ना समय छुट्याउँदै जाँदा देहलिला नै समाप्त गर्नुभयो ।

 

इच्छा थियो, खेवा वंशावलीलाई परिमार्जन गर्ने । यसका लागि भारतका सिक्क्मि, कालिम्पोङ र आसम गएर थप वंशावलीका सामग्री ल्याउनुभएको थियो । तर यो कामका लागि समयले उहाँलाई पर्खिएन ।

उहाँ किरात याक्थुङ चुम्लुङको पूर्वजिल्ला अध्यक्ष र तत्कालिन राष्ट्रिय परिषद सदस्यको हैसियतले चुम्लुङको रजत उत्सवलाई धनकुटामा भब्यता दिन अहोरात्र खटिइरहनुभएको थियो । यसै मेसोमा सरसल्लाह किताब साटासाट गर्न उहाँ तत्कालीन धनकुटाका प्रजिअ भगिराज इङ्नामको आवासमा पुग्नुभयो । उहाँहरु दुवै जनाबाट आआफ्नो कृति साटासाट भयो । प्रजिअको सौजन्यमा लोकेन्द्र दाईले आफ्नो छोरा कमलदीपका आवाससम्म गाडी सुविधा पनि पाउनुभयो ।

गाउँमा उहाँकै पहलमा पक्का माङ्हिम बन्दै थियो, अधुरो वंशावलीलाई पूर्णता दिँदै हुनुहुन्थ्यो, तर २००४ साल जेठमा जन्मिनुभएका लोकेन्द्र दाई भौतिक रुपमा हामीमाझबाट असमयमैै अस्त हुनुभयो ।

साँझ घर आइसकेपछि उहाँलाई ज्वरोले छोयो, तर त्यसको उपचारार्थ खाएको सिटामोलले छोएन । खानपानमा अत्यन्तै अनुशासित उहाँलाई विराटनगर नर्सिङ होम पुर्याइयो । पिसावमा संक्रमण देखियो भनियो । २०७१ साल भदौ ३१ गते उहाँ भौतिक रुपमा हामीमाझबाट बिदा हुनुभयो ।

गाउँमा उहाँकै पहलमा पक्का माङ्हिम बन्दै थियो, अधुरो वंशावलीलाई पूर्णता दिँदै हुनुहुन्थ्यो, तर २००४ साल जेठमा जन्मिनुभएका लोकेन्द्र दाई भौतिक रुपमा हामीमाझबाट असमयमैै अस्त हुनुभयो ।

खेवा वंशको वंशावली तयार पारी प्रकाशमा ल्याई अनेकौ जस र अपजस खेपी जानुहुने लोकेन्द्र दाई हामीहरुजस्ता इतिहासप्रेमीका लागि चीरस्मरणीय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: