रवि लामिछानेलाई फेरि अर्को मुद्दा « Nagarik Khabar

रवि लामिछानेलाई फेरि अर्को मुद्दा



काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता भएको छ ।

न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका रवि विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मुद्धा दर्ता गरेका हुन् ।

पत्रकार भण्डारीले प्रेस काउन्सिल नेपालमा बुधबार उजुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन् ।

लामिछानेले पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ‘नग्न उल्लंघन’ गर्दै आफूमाथि अन्याय गरेको र पत्रकारिता पेशालाई कलंकित पार्ने गरी काम गरेको दाबी गर्दै भण्डारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: