दशैंका लागि नयाँ नोट सटही तयारी, २० दिनअघि नै बाँड्ने « Nagarik Khabar

दशैंका लागि नयाँ नोट सटही तयारी, २० दिनअघि नै बाँड्ने



कठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटकको दशैंका लागि २० दिनअघि नै नयाँ नोट बाँड्ने गरी तयारी शुरु गरेको छ । यस वर्ष करिब १३ अर्ब रुपैयाँ नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट कतिसम्म सटही गर्ने र कुन–कुन स्थानबाट सटही सुविधा दिने भन्ने विषयमा पनि छलफलपछि निर्णय गरिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

दशैं र तिहारमा लक्षित गरेर नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत सालदेखि विभिन्न समुदायका मुख्य–मुख्य पर्वमा पनि सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार, फाल्गुनन्द जयन्ती जस्ता चाडमा सटही सुविधा दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: