आकर्षक रोजगारीका लागि तुर्किस्तान पठाउने भन्दै ठगी गर्ने पक्राउ « Nagarik Khabar

आकर्षक रोजगारीका लागि तुर्किस्तान पठाउने भन्दै ठगी गर्ने पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक ठाउँमा पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुर पौपादुम्बा–६ का उमेश तामाङलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा पठाई दिने भन्दै तीन लाख रुपैंयाँ लिएर फरार भएका रामेछाप गंगा गाउँपालिका–३ घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका हर्कबहादुर तामाङ्गलाई प्रहरीले पक्रेको हो ।

तुर्किस्तानको सेक्युरिटी गार्डमा मासिक १२ हजार डलर तलव हुने र खाने, बस्नेको सुविधा समेत हुने भन्दै हर्कबहादुरले उमेशबाट तीन लाख रुपैंयाँ लिई फरार भएका थिए । प्रहरी महाशाखाको टोलीले हर्कबहादुरलाई लुकीछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरेको हो ।

पेसाले चालक रहेका ३४ वर्षीय हर्कबहादुर तामाङले अन्य चार युवाबाट समेत जनही तीन लाखको दरले रकम उठाएको खुल्न आएको महाशाखाका प्रहरी उपरीक्षक तथा सूचना अधिकृत सुशीलसिंह राठौरले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: