अजय देवगनको घरमा सबैभन्दा महंगो कार, अम्बानीसँग गरे बराबरी « Nagarik Khabar

अजय देवगनको घरमा सबैभन्दा महंगो कार, अम्बानीसँग गरे बराबरी



एजेन्सी । बलिउड पावरप्याक अजय देवगनले सर्वाधिक महंगो कार किनेका छन् । कार खरिदको मामलामा बलिउडका सबै नायकहरुलाई उछिन्दै अजयले आफ्नो ड्रिम कारलाई घरसम्म ल्याएका हुन् ।

अजयले भारतमा उपलब्ध मध्ये सबैभन्दा महंगो एसयुभी कार खरिद गरेका छन् । अजयले करिब ७ करोड भारतीय रुपैँया मूल्य पर्ने ‘Rolls Royce Cullinan‘ कार किनेका हुन् । रोल्स रोयस ब्राण्डको उक्त कारको ७ करोड रुपैँया सुरुवाती मुल्य भएको र खरिदकर्ताको अनुरोध हनुसार सुविधा थप गर्दा मूल्य बढ्ने बताइएको छ ।

रोल्स रोयजले खरिदकर्ताको आवश्यकता अनुसार सुविधासम्पन्न कारहरु निर्माण गर्ने गरेको छ । यसअघि सोही मोडलको कार भारतीय अर्बपती व्यापारी मुकेश अम्बानी र टी सिरिज म्युजिक कम्पनीका मालिक भूषण कुमारले चढिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: