कांग्रेसको प्रश्न- कार्यवहाक प्रधानमन्त्री हुँदा हुँदै विदेशमा रहेका प्रधानमन्त्रीले किन मन्त्रिपरिषद बोलाए ? « Nagarik Khabar

कांग्रेसको प्रश्न- कार्यवहाक प्रधानमन्त्री हुँदा हुँदै विदेशमा रहेका प्रधानमन्त्रीले किन मन्त्रिपरिषद बोलाए ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनीयता भंग हुने गरेको भन्दै मन्त्रिपरिषद् बैठकजस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताए ।

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं बैठकमा सहभागी हुनु संवैधानिक र कानुनी प्रक्रियागत रुपमा नै त्रुटिपूर्ण भएको ठहर कांग्रेसले गरेको छ । पार्टी कार्यालयले सानेपामा सञ्चारकर्मीहरुसँग प्रवक्ता शर्माले गोपनीयता भंग हुन सक्ने, न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ति जनाए । उनले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि हलुका ढंगले संशोधन गर्ने परिपाटीले भविष्यमा वेथिति ल्याउने दाबी गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार अपराह्नसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: