सनातन धर्ममाथि योजनावद्ध आक्रमण भइरहेको छ : थापा « Nagarik Khabar

सनातन धर्ममाथि योजनावद्ध आक्रमण भइरहेको छ : थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनावद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको दाबी गरेका छन् ।

हरितालिका तिजको अवसरमा राप्रपा महिला संगठनले बुधबार काठमांडौमा आयोजना गरेको कार्यक्रममा थापाले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताए । धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउँदै लगेको जिकिर गरे ।

उनले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डर लाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए । उनले धर्म निरपेक्षताको आडमा भइरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष थापाले १० वर्षको बीचमा दशौं लाखको धर्म परिर्वतन भएको दाबी गर्दै धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: