मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते « Nagarik Khabar

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते



अर्घाखाँची । पाणिनी गाउँपालिका वडा नम्वर २ लामडाँडामा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ ।

पाल्पाबाट अर्घाखाँची आउँदै गरेको ग १४ प ८१७४ नम्वरको मोटरसाइकल बुधबार दुर्घटना हँुदा स्याङजाका कृष्णगण्डकी गाउँपालिका– ७ का ४३ वर्षीय रेशमबहादुर भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका भण्डारीको पाल्पा मिसन अस्पताल मृत्यु भएको प्रहरी निरीक्षक सुरेश सुवेदीले जानाकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा लेखनाथ उपमहानगरपालिका–१७ का ३० वर्षीय ठगबहादुर बस्नेत घाइते भएका छन् । उनको पाल्पा मिसनमै उपचार भइरहेको छ । प्रहरीका अनुसार अत्यधिक मदिरा सेवनका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट करिव पाँच फिट तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: