विद्युत प्राधिकरणले गर्यो ८५ कर्मचारी सरुवा « Nagarik Khabar

विद्युत प्राधिकरणले गर्यो ८५ कर्मचारी सरुवा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै पटक ८५ जना कर्मचारी सरुवा गरेको छ ।

प्राधिकरणले नवौं तहको उप प्रवन्धक, आठौं तहको सहायक प्रवन्धक र सातौं तहको इञ्जिनियरहरुको सरुवा गरेको हो ।

चुहावट नियन्त्रण र सेवा सुधारलाई आधार बनाएर प्राधिकरणले एउटा कार्यालयमा दुई वर्ष बसेपछि केन्द्र प्रमुखहरुको सुरुवा गर्ने गरेको छ ।

कर्मचारीलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ । यसपटक धेरै वितरण केन्द्र प्रमुख नै सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: