सरकार देशलाई कम्युनिष्ट स्टेट बनाउन लागिपरेको छ : देउवा « Nagarik Khabar

सरकार देशलाई कम्युनिष्ट स्टेट बनाउन लागिपरेको छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको आरोप लगाएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति देउबाले सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकाले कम्युनिस्ट स्टेट बनाउन खोजेको दाबी गरे । सरकार प्रजातन्त्र, मानवाधिकार, प्रेस स्वतन्त्रता विरोधी भन्दै सरकारको विरुद्ध एकजुट हुन आग्रह पनि गरे ।

सभापति देउवाले कांग्रेसले निर्णय नै गरेर सरकारका गलत कदमविरुद्ध आन्दोलन भएको पनि बताए । स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: