दसैंका लागि २ खर्बको आयात « Nagarik Khabar

दसैंका लागि २ खर्बको आयात



काठमाडौं । चाडपर्व लक्षित गरेर व्यवसायीले २ खर्ब रुपैयाँको वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोलेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्म १ खर्ब ८० अर्ब ४४ करोड ३८ लाख ८० हजार रुपैयाँको प्रतीतपत्र खोलिएको छ । यसरी खोलिएका प्रतीतपत्रको सामान भने आइसकेको छैन ।

‘भारतबाट कतिपय सामान एलसी खोलेको ७–१० दिनमै आयात भइसक्छ । त्यस्ता एलसीको तथ्यांक यहाँ समावेश छैन,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भन्छन् ।

चाडपर्वका बेला उपभोग्य वस्तुको आयात बढी हुन्छ। सवारीसाधन, खसी, बोका, भेडाच्यांग्रा, फलफूल, लत्ताकपडाको आयात चुलिने गरेको छ । तरकारी, चिनी, लसुन, रङका कच्चापदार्थ, मसलाजन्य वस्तु, क्यामेरा, मोबाइल र अन्य दूरसञ्चार उपकरण, घडी र खेलौना आयातको ठूलो हिस्सा यही अवधिमा हुने गरेको छ ।

तीन वर्षयताको तथ्यांकले वर्षभरमा आउने टाँकमध्ये आधाभन्दा बढी साउनदेखि कात्तिकको बीचमा आयात भइसक्छ । तेस्रो मुलुकबाट हुने कपडा आयातको शतप्रतिशत यही अवधिमा हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा विनय बञ्जाराले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: