मन्त्रालयमै छैनन् ऐतिहासिक दस्तावेज « Nagarik Khabar

मन्त्रालयमै छैनन् ऐतिहासिक दस्तावेज



काठमाडौं । २१ साउनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महत्वपूर्ण सन्धि–सम्झौता कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको बताए ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयमा केही रहेको र पुराना दस्तावेज कानुनसँग भएको बताएका थिए ।

तर, कानुन मन्त्रालयले पनि सुगौली सन्धि, नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत दस्तावेज भए नभएको यकिन गर्न सकेको छैन ।

सन् १९८४ पछिका महत्त्वपूर्ण सन्धि–सम्झौताका दस्तावेज खोज्दा भेटिने भए पनि त्यसअघिका दस्तावेज यकिन गर्न नसकिने मन्त्रालयको स्पष्टिकरण छ ।

यस्तै, नेपालका नक्सालगायत दस्तावेज खोज्दै समितिले गृह, भूमिसुधार, शिक्षा, कानुन, परराष्ट्र र संस्कृत, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय गरी ६ मन्त्रालयमा पत्र लेखेको थियो ।

यसमा गृह मन्त्रालयले मंगलबार पत्रको जवाफ पठायो । गृहको पत्रमा पछिल्ला सन्धि–सम्झौता र नक्शाको रेकर्ड रहेको जवाफ फर्काएको छ । तर, कुन–कुन नक्शा र सन्धि सम्झौता छन् भन्ने नखुलाएको समितिले जनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा चिरञ्जीवी घिमिरेले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: