नेपाल–भारत बैठक सुरु, सीमा स्तम्भमा आधा काम « Nagarik Khabar

नेपाल–भारत बैठक सुरु, सीमा स्तम्भमा आधा काम



काठमाडौं । पाँच वर्ष अवधिमा नेपाल–भारत सीमा व्यवस्थापनमा आधा काममात्रै भएको छ । सन् २०२२ भित्र दुई देशबीच रहेको सीमांकन र सीमा विवाद टुंग्याउने लक्ष्य छ ।

सीमा व्यवस्थापन कार्य सन् २०१४ देखि सुरु भएको थियो । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले तोकिएको समयमा सकिनेमा आंशका व्यक्त गरे ।

‘समयमा काम सम्पन्न हुने लक्षण छैन,’ उनले भने, ‘मर्मतसम्भार, नयाँ निर्माण देखि जीपीए प्रविधिबाट पुनस्र्थापना गर्नु छ, अबको तीन वर्षका कसरी काम सकिन्छ र ? विवादित क्षेत्र त धेरै छन् ।’

नेपाल–भारत सीमामा रहेका ८ हजार ५ सय ५४ सीमा स्तम्भमध्ये अझै ३ हजार ६ स्तम्भ पुनर्निर्माण हुन बाँकी छ । यस्तै १ हजार ३ सय १४ स्तम्भ मर्मत गर्न बाँकी छ ।

नापी विभागका अनुसार हालसम्म २ हजार ३५ सीमास्तम्भ पुनर्निर्माण सकिएको छ । यस्तै १ हजार ६ सय ९९ सीमा स्तम्भ मर्मत गरिएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले सुरेन्द्र काफ्लेको बाइलाइनमा प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: