उद्घाटन गरेको तीन महिनामा पनि सञ्चालन भएन गणतन्त्र स्मारक « Nagarik Khabar

उद्घाटन गरेको तीन महिनामा पनि सञ्चालन भएन गणतन्त्र स्मारक



काठमाडौं । उद्घाटन भएको तीन महिना बित्न लाग्दा पनि नारायणहिटी दरबार संग्रहालयमा रहेको गणतन्त्र स्मारक अझै सञ्चालनमा आएको छैन ।

गणतन्त्र दिवसको उपलक्ष्यमा गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच सो स्मारकको उद्घाटन गरेकी थिइन् । निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले सम्पूर्ण रूपमा निर्माण सम्पन्न हुन नसकेका कारण स्मारक सञ्चालनमा नआएको बताए ।

स्मारकको तल्लो बेसमेन्टमा निर्माण बाँकी रहेको तथा स्मारक सञ्चालन कार्यविधि अझै स्वीकृत हुन नसकेकाले स्मारक सञ्चालनमा आउन नसकेको इन्जिनियर महर्जनले बताए ।

‘स्मारकको निर्माण सहरी मन्त्रालय मातहत भइरहेको छ भने नारायणहिटी दरबार संग्रहालयको सञ्चालन अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत भइरहेको छ,’ इन्जिनियर महर्जनले थपे, ‘स्मारक दरबार संग्रहालय मातहत सञ्चालनका लागि कार्यविधि निर्माण गरी हस्तान्तरण गर्नुपर्नेलगायतका प्रक्रियाका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ ।’

आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: