बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी « Nagarik Khabar

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी



काठमाडौं । आचार्य बालकृष्णलाई उनीनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ ।

केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो ।

कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ ।

आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई. शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको बताए ।

पेडामा विष मिसाएर खुवाएको करिब ५ मिनेटपछि छटपटिएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए ।

उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । करिब दुई दिनसम्म उपचार गरी निवास फर्किएका आचार्य बालकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले जानकारी दिए ।

आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार ईश्वरराज ढकालको बाइलाइनमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: