पौडेल बिरामी भएपछि रोकिएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै « Nagarik Khabar

पौडेल बिरामी भएपछि रोकिएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिरामी भएपछि हिजो बुधबार आह्वान गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आफ्नो इन्डोस्कोपी गरेको र एक दिन आराम गर्न चिकित्सकले सल्लाह दिएपछि वरिष्ठ नेता पौडेलले सभापति देउवालाई बैठक स्थगित गर्न आग्रह गरेका थिए । बैठक आज बिहीबार पुनः बस्ने भएको छ ।

आज हुने कांग्रेस बैठकमा समय सकिएका भ्रातृ संस्थाका बारेमा कसरी अधिवेशन हुन्छ भनेर नीतिगत निर्णय हुने केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका प्रतिपक्षी दलका प्रमुख सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

कांग्रेसभित्र वरिष्ठ नेता उपस्थित नहुँदा बैठक स्थगित गर्ने परम्परा रहेको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले बताए । गुटउपगुटमा विभाजित कांग्रेसभित्र पौडेल पक्षले ४० प्रतिशतको भागवण्डा खोज्ने गरेको छ ।

यसअघि तत्कालीन अवस्थामा सभापति सुशील कोइराला सभापति हुँदा पनि तत्कालीन वरिष्ठ नेता देउवा अनुपस्थित भएको बेला केन्द्रीय समिति बैठक स्थगित गर्ने गरिएको थियो ।

नेपाल समाचारपत्र दैनिकले रामकृष्ण चापागाईको बाइलाइनमा यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: