वनक्षेत्र भाडामा : कति नोक्सान कति घाटा ? « Nagarik Khabar

वनक्षेत्र भाडामा : कति नोक्सान कति घाटा ?



काठमाडौं । काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रको वन अतिक्रमण गरी व्यापारिक संरचना बनाउने होडबाजी तीव्र भइरहेका बेला वन क्षेत्र भाडामा लगाउने सरकारी व्यवस्था खुला भएको छ ।

संरक्षणकर्मीले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा केबलकारलगायतका अन्य संरचना निर्माण गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराइरहेका बेला वन भाडामा लगाउने व्यवस्था खुकुलो गरिएको हो ।

संरक्षित र सामुदायिक वन क्षेत्रभित्रको जग्गा भाडामा लगाउन सक्ने गरी कार्य्विधि तयार भएपछि शहरआसपास वन अतिक्रमण हुने सम्भावना बढेको छ ।

नयाँव्यवस्थाअनुसार सामुदायिक वन उपभोक्ता समूहले स्थानीय तहसँगको साझेदारीमा पर्या–पर्यटन शीर्षकअन्तर्गत जग्गा भाडामा दिन पाउँछन् ।

वन तथा भू–संरक्षण विभागले तयार गरेको कार्यविधिअनुसार वन समूहले स्थानीय तहसँगको साझेदारीमा होटल, रिसोर्ट, केबलकार, जिप फ्लाइङ, बन्जिजम्प, हाइकिङ रुट, इकोपार्कजस्ता संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउन पाउँछन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा टीका बन्धनको बाइलाइनमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: