विवादित विधेयक नै संसद्को ‘बिजनेस’ « Nagarik Khabar

विवादित विधेयक नै संसद्को ‘बिजनेस’



काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनले विवादित विधेयकहरुलाई एकपछि अर्को गर्दै पारित गर्न थालेको छ ।

दोस्रो र तेस्रो अधिवेशनमा विवादित बनेका कतिपय विधेयकसहित चालु चौथो अधिवेशनमा पेस भएका समेत १६ विधेयक प्रतिनिधिसभाको बैठकबाट पारित भइसकेका छन् भने बिहीबार बस्ने बैठकबाट थप दुई विधेयक पारित गर्ने तयारी छ ।

पारित र पारित गर्न तयारीमा राखिएका विधेयकमध्ये केही अति विवादित छन् । तर सरकारको बलमा संसद्ले विवादित विधेयकलाई प्रक्रियामा अगाडि बढाएको छ ।

संसदमा आउने बेलामै विवादमा आएका विधेयकलाई विरोधका कारण सरकारले तत्काल अघि बढाउन सकेको छैन भने भिन्न दफामा घुसपैठ गराएर ल्याएका विषय यतिबेला विवादित रुपमा बाहिर आउन थालेका छन् । तर, संसद्ले यसलाई सजिलै पारित गर्दै आएको छ ।

आजको नागरिक दैनिकले ईश्वरी सुवेदीको बाइलाइनमा यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: