अझै छाडेन क्षयरोगको चक्रले « Nagarik Khabar

अझै छाडेन क्षयरोगको चक्रले



काठमाडौं । करिब दुई दशकअघि जुन टोल र समुदायमा क्षयरोगी भेटिएका थिए, त्यही टोल र समुदायमा क्षयरोगको जीवाणु फैलिने क्रममा छन् ।

कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगा नगरपालिकास्थित मसुरिया स्वास्थ्य चौकीका अनुसार १८ वर्षअघि जुन समुदाय, टोल र गाउँमा क्षयरोगी थिए, त्यही वरपर अहिले पनि नयाँ क्षयरोगी देखिन थालेका छन् ।

२०५८ सालदेखि मसुरिया स्वास्थ्य चौकीमा काम गर्दै आएका सिनियर अहेब अधिकृत दीर्घराज जोशीका अनुसार १८ वर्षअघि जुन समुदाय, टोल र क्षेत्रमा क्षयरोगी भेटिएका थिए, अहिले पनि सोही वरपर क्षयरोगी देखिएका छन् ।

‘औषधि सेवन गरे पनि छरछिमेक र वरपरका अन्य व्यक्तिमा रोग सरेको देखिन्छ,’ उनले भने, ‘यही कारणले पनि वर्षौंदेखि एउटै क्षेत्र, समुदाय र टोलमा क्षयरोग घुमिरहेको छ ।’

क्षयरोगीका परिवारका सदस्य, छिमेकी वा बिरामीका नातागोतामा रोग सरेको देखिएको मसुरिया स्वास्थ्य चौकीका सिनियर अहेब अधिकृत तथा क्षय–कुष्ठ रोगका ‘फोकल पर्सन’ भागीराम चौधरीले बताए ।

‘क्षयरोग सरुवा रोग हो, बिरामीसँगको उठबसका कारण पनि सोही समुदाय, वर्ग र क्षेत्रमा क्षयरोग घुमिरहेको देखिन्छ,’ उनले भने, ‘नयाँ बस्ती वा रोगीको सम्पर्कबाहिरको अर्को समुदायमा भने क्षयरोग देखिएको छैन ।’

पुष्पराज जोशीले कैलालीबाट लेखेको समाचार आजको नागरिक दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: