राजपा विवाद, वार्ता टोलीका संयोजकमाथि पार्टी विघटन गर्न खोजेको आरोप « Nagarik Khabar

राजपा विवाद, वार्ता टोलीका संयोजकमाथि पार्टी विघटन गर्न खोजेको आरोप



काठमाडौं । समाजवादी पार्टीसँग एकीकरण गर्ने विषयमा सुरु भएको राष्ट्रिय जनता पार्टी नेपालभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

राजपाको एउटा पक्ष पार्टीको महाधिवेशनअगाडि नै समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भन्ने पक्षमा सक्रिय भएर लागेको छ भने अर्को पक्ष तत्काल एकीकरण हुनपर्छ भन्ने छैन ।

यी दुई पक्षवीच पार्टीभित्र चरम विवाद र गुटबन्दी सिर्जना भएको छ । महाधिवेशनपछि मात्र एकीकरण गर्नुपर्छ भन्ने पक्षमा अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव र अनिल झा छन् भने महाधिवेशनअघि नै एकीकरण गर्नुपर्ने पक्षमा महन्थ ठाकुर, राजेन्द्र महतो, महन्द्र यादव र शरतसिंह भण्डारी उभिएका छन् ।

समाजवादी पार्टीसँग एर्कीकरणका लागि राजपाले महतोको संयोजकमा वार्ता टोली गठन गरेको छ । तर झा–राजकिशोर पक्षले वार्ता टोलीका संयोजकले पार्टी नै विघटन गर्न खोजेको आरोप लगाएका छन् ।

‘वार्ता टोलीका संयोजकज्यू पार्टीले बोलाएको बैठकमा आउनुहुन्न तर बाहिर बसेर पार्टी विघटन गर्नेसम्मका षडयन्त्रमा हुनुहुन्छ,’ अध्यक्षमण्डलका सदस्य झाले भने, ‘वार्ता टोलीका संयोजकज्यूले पार्टी एकीकरणका लागि को कोसँग के के कुराकानी गर्नुभयो भन्ने केही जानकारी छैन ।’

आजको नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: