द्रुत मार्ग निर्माण साढे तीन वर्षभित्रै सकिने « Nagarik Khabar

द्रुत मार्ग निर्माण साढे तीन वर्षभित्रै सकिने



काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाक (द्रुर्त मार्ग) निर्माण साढे तीन वर्षभित्र सम्पन्न गर्ने जानकारी दिएको छ ।

सेनाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आमजनताको चासो र राष्ट्रिय गौरवको सो आयोजना साढे तीन वर्षभित्र सक्ने जनाएको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जनताको सेनाप्रतिको भरोसालाई कायम गर्न पनि यो आयोजना समयमै सक्नुपर्ने बताए । ‘जनताको भरोसाप्रति हामी सचेत छौँ, त्यसका लागि पनि आयोजना समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने बाध्यता छ,’ उनले भने । यो जनताको विश्वास जित्ने अवसर पनि भएको उनको भनाइ थियो ।

कोरियन परामर्शदाता सुसङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ आयोजनाले डिपिआर तयार पारेर बुझाए पनि सरकारले लामो समयसम्म स्वीकृत नगरेपछि बीचमा काम अलमलिएको थियो ।

सरकारले हालै आयोजनाको डिपिआर स्वीकृत गरेपछि सेनाले बाँकी काम अघि बढाउने तयारी गरेको छ ।

आजको नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: