सरकारी छाप कीर्तेका फरार अभियुक्त तीन वर्षपछि पक्राउ « Nagarik Khabar

सरकारी छाप कीर्तेका फरार अभियुक्त तीन वर्षपछि पक्राउ



झापा । सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई विसं २०७३ चैत २२ गते एक वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: