अनुष्कासँगको प्रेमबारे प्रभासले गरे खुलासा « Nagarik Khabar

अनुष्कासँगको प्रेमबारे प्रभासले गरे खुलासा



एजेन्सी । बाहुबली स्टार प्रभास अभिनित फिल्म साहो शुक्रबार (अगस्ट ३०) मा रिलिज हुँदैछ ।

फिल्मको प्रमेशनको दौरानको क्रममा अनुष्का सेठ्ठीको इक्वेशनबारे बोलेका छन् । उनले भने, हामीले बाहुबली भन्दा पहिले दुई वटा फिल्म (मिर्ची र बिल्ला)मा सँगै काम गरेका थियौं । अब पछि उनीसँग काम गर्न पाउँछु कि पाउँदिन केही थाहा छैन ।

अहिले प्रभास पूजा हेगडसँग नयाँ फिल्ममा काम गरिरहेका छन् । उक्त फिल्मलाई राधाकृष्णले निर्देशन गर्नेछन् ।

अनुष्का र प्रभासको प्रेमसम्बन्धले बलिउडमा निकै चर्चा पाइरहेको छ । खबर अनुसार प्रभास र अनुष्का एकसाथ लण्डनमा घर खोजिरहेका छन् ।

तर खबरको खण्डन गर्दै प्रभासले ‘अनुष्का र आफू एक नजिकको मिल्ने साथी भएको’ प्रतिक्रिया दिएका छन् । ‘हामीबीच केही छ भने त त्यो सबैलाई थाहा भइहाल्छ,’ उनले भने, ‘हामी एक अर्कालाई नभेटेको पनि धेरै समय भइसक्यो ।’

प्रभास र श्रद्धा कपूर स्टारर साहो ३० अगस्ट (शुक्रबार) रिलिज हुँदैछ । यो बिग बजेट फिल्म हो । करिब ३०० करोड भारुमा यो फिल्म निर्माण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: