‘तिमी र म’ « Nagarik Khabar

‘तिमी र म’



कविता

रिमा केसी

म आगोमा जलिरहेँ
तिमी सागर बेच्दै गयौ उधारोमा
मट्टितेलले जस्तै भिजायो पानीले पनि
र, आगोसित राख्यो सम्वन्ध

म फलामझैं चुटिएँ
तिमी रमिता हेरेर बस्यौ
तिम्रो लागि म देखाईरहेँ तमासा

लेख्दै गयौ म जलेको गजल
गाउँदै गयौ प्रीत मरेको मेरो गीत

ईश्वर बनाई पूजेँ राखेर मनको कुनामा
तिमी मन्दिरबाट निस्कियौ
मानिस लत्याईरहेछन् क्रमशः

म यौटा ईश्वरको मृत्युमा
लेख्न बसेको छु यौटा शोक गीत

ए संगीतकारहरू,
भरिदेउ एउटा यस्तो संगीत
ईश्वरहरूले फेरून् जुनी र बनुन् मान्छे…

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: