पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा « Nagarik Khabar

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा



झापा । झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा सुरु गरेका छन् ।

हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा सुरु गरेका हुन् ।

उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल पार्ने सन्देशसहितको पाथीभारा देवीको दर्शन गर्न पैदलयात्रा सुरु गरेको बताए ।

एक साताभित्रमा हिँडेरै देवीको दर्शन गर्न पुग्ने लक्ष्य लिएका ओलीले गत वर्ष पनि पैदलयात्राद्वारा नै देवीको दर्शन गरेको बताए । उनले गत वर्ष विर्तामोडबाट पाथीभरासम्म पुग्न सात दिन र फर्कन ६ दिनको लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: