सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलन स्थगित « Nagarik Khabar

सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलन स्थगित



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयमा नियमित रुपमा प्रत्येक बिहीबार गर्दै आएको पत्रकार सम्मेलन आज स्थगित भएको छ ।

उक्त पत्रकार सम्मेलनमा अन्य विषयका अलावा मूलतः मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुबारे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिने गरेका थिए ।

सरकारले मन्त्रिपरिषद्का निर्णयहरु बैठक बसेकै दिन पत्रकारहरुलाई जानकारी दिने अभ्यास हटाई प्रत्येक बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिँदै आएको थियो ।

तर, आज भने सञ्चार मन्त्रालयमा हुँदै आएको नियमित पत्रकार सम्मेलन नहुने भएको छ । सञ्चारमन्त्री बाँस्कोटाले यसको जानकारी दिएका हुन् । गत साताको पत्रकार सम्मेलनयता मन्त्रिपरिषदले कुनै निर्णय नगरेकाले आजको पत्रकार सम्मेलन स्थगित गरिएको उनले जनाए ।

‘गत साताको पत्रकार सम्मेलनयता मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु,’ मन्त्री बाँस्कोटाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: