सबै किसिमको क्रिकेटबाट अजन्था मेण्डिसको सन्यास « Nagarik Khabar

सबै किसिमको क्रिकेटबाट अजन्था मेण्डिसको सन्यास



एजेन्सी । श्रीलंकाका बलर अजन्था मेण्डिसले सबै किसिमका क्रिकेट संरचनाबाट सन्यास लिने घोषणा गरेका छन् ।

रहस्यमय स्पिनरको रुपले परिचित ३४ वर्षीय मेण्डिसले सन् २००८ मा एक दिवसीय क्रिकेटमा डेव्यू गरेका थिए । यसैगरी सोहि वर्ष भारत विरुद्ध टेष्टमा डेव्यू गरेका उनले दुई इनिङमा ८ विकेट लिएका थिए । उक्त टेष्टमा श्रीलंका एक इनिङ २३९ रनले विजयी भएको थियो ।

१९ टेष्टमा ७०, ८७ एकदिवसीय खेलमा १५२ र ३९ टि–ट्वेन्टिमा ६६ गरेर जम्मा २८८ विकेट लिएका छन् ।

क्रिकेटको छोटो प्रारुप टि–ट्वेन्टिमा मेण्डिसले दुई पटक ६–६ विकेट लिएका छन् । जसमा सन् २०११ मा अष्ट्रेलिया विरुद्ध १६ रन खर्चेर ६ विकेट तथा २०१२ मा जिम्वाव्वे विरुद्ध ८ रन खर्चेर ६ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: