खेलकूद विकास समिति पदाधिकारीविहीन « Nagarik Khabar

खेलकूद विकास समिति पदाधिकारीविहीन



जुम्ला । जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समिति समयावधि पुगेर खारेज भएपछि जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन भएको हो ।

समिति पदाधिकारीविहीन भएपछि कार्यालयको खाता सञ्चालनमा आउन सकेको छैन । नयाँ कार्यसमिति कहिले आउने हो यस विषयमा कुनै टुङ्गो लाग्न नसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताए ।

उनले भने, “नयाँ कार्यसमिति नआएकाले कार्यालय सञ्चालनदेखि खेलाडीको छात्रवृत्ति वितरण कार्यक्रमसमेत प्रभावित भएको छ । कर्मचारीले तलबसमेत खान नपाएको कार्यालयले जनाएको छ ।

नयाँ कार्यसमिति नआउँदा पातारासी गाउँपालिकाको छुमचौरमा बन्दै गएको ‘हाई अल्टिच्युट टे«डिङ सेन्टर’ को काम पनि प्रभावित भएको कार्यालय प्रमुख महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: