धादिङमा २ सय ५० रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट « Nagarik Khabar

धादिङमा २ सय ५० रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट



धादिङ । गजुरी गाउँपालिका ४ गैरी गाउँमा रहेको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

करिब २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाइएको गाँजा खेती बुधबार प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको हो ।

संचारकर्मी तथा स्थानीय बासिन्दाको सहभागितामा गाँजा खेती नष्ट गरिएको धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: