जलवायु परिर्वतनका कारण विश्वभर २१ वटा नयाँ रोग « Nagarik Khabar

जलवायु परिर्वतनका कारण विश्वभर २१ वटा नयाँ रोग



काठमाडौं । जलवायु परिर्वतनका कारण विश्वभर नै मानविय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिदै गएको छ ।

जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नया नया रोगहरुको प्रकोप बढ्दै गएको बताए ।

उहाँले सन् २००० यता २१ वटा नया रोगहरु देखा परेको बताउनुभयो । सिमिति मुलुकमा देखिदै आएको डेंगु ८÷ १० बर्ष भित्र विश्वका २५÷ब ३० वटा मुलुकमा पुगेको बताए । जलवायु परिर्वतनका कारण मानविय स्वास्थ्यमा गंम्भीर समस्या देखिने क्रम बढेको भन्दै उनले प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्कता औंल्याए ।

उनले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुन देखा परेको भन्दै समयमै ध्यान पुर्याउनुपर्ने आवश्यकता औंल्याए ।

मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविश्यमा अपनाउनुपर्ने रणनीति लगायत विषयमा सरोकारवाला पक्षसंग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: