फेरि बढ्यो सुनको मूल्य « Nagarik Khabar

फेरि बढ्यो सुनको मूल्य



काठमाडौं । पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ८०० ले वृद्धि भई प्रतितोला रु ७३ हजार ४०० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु ७२ हजार ६०० मा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ८०० का दरले बढेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० कायम भएको छ । यसअघि तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार ३०० पुगेकोे थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ८९५ पुगेको छ । बुधबार चाँदी प्रतितोला रु ८८० मा खरीद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: