नेपाल फाइनल प्रवेश, उपाधिका लागि भारतसँग भिड्ने « Nagarik Khabar

नेपाल फाइनल प्रवेश, उपाधिका लागि भारतसँग भिड्ने



काठमाडौं । नेपाल पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

भारतमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको अन्तिम खेलमा भारतसमु बंगलादेश ४–० गोल अन्तरले पराजित भएसँगै नेपाल फाइनलमा पुगेको हो ।

भारतले साविक विजेता बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुग्न सफल भएको हो । जारी प्रतियोगितामा कुनै पनि खेल नहारेको भारत भने शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।

४ खेलबाट भारतले १२ अंक जोड्न सफल भयो । त्यस्तै नेपालको ९ अंक हुँदा बंगलादेशले ६ अंक मात्र जोड्न सक्यो । श्रीलंकाले ३ अंक र भुटान अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले उपाधिका लागि शनिबार भारतसँग खेल्नेछ । नेपालले बिहिबार नै भुटानलाई ६-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: