द भ्वाइसका प्रतिस्पर्धी सुशीलको पहिलो माया (भिडियो) « Nagarik Khabar

द भ्वाइसका प्रतिस्पर्धी सुशीलको पहिलो माया (भिडियो)



काठमाडौं । सिङगिङ रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ का प्रतिस्पर्धी सुशील गर्तौलाको पहिलो गीत सार्वजनिक भएको छ ।

सुशीलको ‘पहिलो यो माया’ बोलमा रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा धन बहादुर गोपालीको शब्द र श्री केसीको संगीत छ ।

प्रकाश धितालले निर्देशन गरेको म्यूजिक भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेलको अभिनय रहेको छ । गीतको भिडियो आकर्षक बनेको छ ।

उत्सव दाहालले छायाँकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: