गाउँपालिकामा शिक्षकको स्थायी दरबन्दी पुर्नवितरण « Nagarik Khabar

गाउँपालिकामा शिक्षकको स्थायी दरबन्दी पुर्नवितरण



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण कार्य सुरु गर्ने भएको छ ।

राजधानी काठमाण्डौमा विहिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुर्नवितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकले पारित गर्नुको साथै प्रमाणित भएर आईसकेकाले अब दरवन्दी वितरणको काम सुरु गरिने बताए ।

दरबन्दी पुर्नवितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलको प्रतिवेदन मन्त्रीपरिषद्ले पास गरेको मन्त्री पोख्रेलले जानकारी दिऐ । उनले शिक्षक सेवा आयोगको नियमावलि पनि मन्त्रीपरिषद बैठकद्धारा संसोधन भईसकेको जानकारी दिए ।

उनले शिक्षा पुर्वाधारको पनि पुर्वाधार भएको र शिक्षाले ज्ञान, सिप र सोच परिर्वतन गर्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: