सञ्चारमन्त्रीले संसदमा ढाँटे « Nagarik Khabar

सञ्चारमन्त्रीले संसदमा ढाँटे



काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन् ।

मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि संशोधन गरी सिंगापुर उडेका प्रधानमन्त्री ओलीले त्यहाँबाट भिडियो कन्फरेन्समार्फत बैठक सञ्चालन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला सञ्चारमन्त्री बास्कोटाले बिहीबार सार्वजनिक महत्वको विषयमा बोल्दै सोमबार मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न सकेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा फोटोसमेत सार्वजनिक गरे पनि सञ्चारमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यले भिडियो कन्फरेन्स मा हाइहेल्लो मात्रै गरेको जानकारी संसदलाई गराए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: