वीर अस्पतालको सेवा दस्तुर बढाइँदै, मारमा विरामी « Nagarik Khabar

वीर अस्पतालको सेवा दस्तुर बढाइँदै, मारमा विरामी



काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी थालेसँगै बिरामी मारमा पर्ने निश्चित भएको छ ।

अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने तयारी थालिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

उनले भने, ‘विगत पाँच वर्षदेखि अस्पतालले प्रदान गर्ने सेवामा मूल्य बढेको छैन । समयसापेक्ष सेवा शुल्क समायोजन गर्ने तयारी थालेका छौं ।’

त्यसका लागि चिकीत्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत् कार्यकारी परिषद्को बैठकमा मूल्य समायोजन सन्दर्भमा छलफल समेत सुरु भएको छ ।

अस्पतालका निर्देशक सेन्चुरीले सेवा दस्तुरलगायत सबैमा शुल्क परिमार्जन गरिनेछ । उनले कर्मचारीको तलब वृद्धि भएको भन्दै सेवा विस्तारसँगै शुल्क समायोजन गर्न लागिएको बताए ।

स्रोतका अनुसार नाम दर्ताबाहेक आईसीयू, ल्याब टेस्ट, एक्सरे, इको, फिजियोथेराफीलगायतमा मूल्य बढाउने तयारी थालिएको छ । अस्पतालले अन्य सरकारी अस्पतालले लिने शुल्कबारे अध्ययन कार्यलाई अघि बढाएको छ ।

हाल सर्जरी, अर्थोपेडिकलगायतका बिरामीको नाम दर्ता शीर्षकमा वीरले २० रुपैयाँ लिँदै आएको छ । यस्तै, मिर्गौला, मुटु, क्यान्सरलगायतका समस्या भएका बिरामीको नाम दर्ता शीर्षकमा ७५ रुपैयाँ लिँदै आएको छ ।

यस आर्थिक वर्षका लागि अस्पतालको कुल बजेट झन्डै १ अर्ब ४७ करोड रहेको छ । सो रकम अस्पतालको भौतिक संरचना, तलबलगायतमा खर्चिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: