छ माया छपक्कैको पहिलो गीत सार्वजनिक, दशैंपछि फिल्म रिलिज (भिडियो) « Nagarik Khabar

छ माया छपक्कैको पहिलो गीत सार्वजनिक, दशैंपछि फिल्म रिलिज (भिडियो)



काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

चलचित्रमा रहेको ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा बसन्त थापा र मिना निरौलाको स्वर, बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको छ ।

लोक शैलीमा रहेको यस गीतमा चलचित्रका मुख्य कलाकारहरु (दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, वुद्दि तामाङ लगायतका कलाकार) लाई फिचरिङ गरिएको छ ।

छ माया छपक्कै दशैंपछि रिलिज हुने भएको छ । असोज २४ गतेदेखि फिल्म रिलिज हुने जानकारी दिइएको छ ।

यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा दिपकराज गिरीको पटकथा र दिपेन्द्र लामाको कथा समावेश छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: