सुडान घोटालाका दोषी भारती पक्राउ, सर्वोच्चमा बुझाइँदै « Nagarik Khabar

सुडान घोटालाका दोषी भारती पक्राउ, सर्वोच्चमा बुझाइँदै



काठमाडौं । सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । ललितपुरको भैंसेपाटीस्थित उनको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतीलाई पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । उनको निर्माण कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको खबर सार्वजनिक भएको थियो ।

विशेष अदालतले शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । ठेकेदार भारतीको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरिदिएको थियो । उनी त्यसयता फरारको सूचीमा रहेको थिए ।

भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: