बार्सिलोनाका पूर्व प्रशिक्षक इन्रिकेको छोरीको मृत्यु « Nagarik Khabar

बार्सिलोनाका पूर्व प्रशिक्षक इन्रिकेको छोरीको मृत्यु



एजेन्सी । स्पेन तथा बार्सिलोनाका पूर्व फुटबल प्रशिक्षक लुइस इन्रिकेको छोरीको मृत्यु भएको छ ।

प्रशिक्षक इन्रिकेले ट्वीटरबाट छोरीको निधन भएको जानकारी गराएका हुन् ।

क्यान्सरबाट पीडित साना मार्टिनेजको ९ वर्षको उमेरमा बिहिबार मृत्यु भएको हो । उनी पाँच महिनादेखि हड्डीको क्यान्सरबाट पीडित रहेको बताइएको छ ।

‘तिमी तारा हुनेछौँ र हाम्रो परिवारलाई मार्ग निर्देशन गर्ने छौ,’ इन्रिकेले ट्वीट गरेका छन्, ‘तिमीलाई हामी धेरै सम्झन्छौं । जीवनको हरेक दिन तिमीलाई याद गर्नेछौं । आशा छ हामी फेरि भेट्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: