दक्षिण अफ्रिका विरुद्ध टि–ट्वेन्टी सिरिजका लागि भारतीय टिमको घोषणा « Nagarik Khabar

दक्षिण अफ्रिका विरुद्ध टि–ट्वेन्टी सिरिजका लागि भारतीय टिमको घोषणा



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआइ) ले दक्षिण अफ्रिका विरुद्धको टि–ट्वेन्टी सिरिजका लागि टोलीको घोषणा गरेको छ ।

नियमित कप्तान विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । जसमा विश्वकपपछि विश्राम दिएको हार्दिक पाण्ड्यालाई टिममा बोलाइएको छ भने तिब्र गतिका बलर द्वोय जस्प्रित बुम्राह र भुवनेश्वर कुमारलाई आराम दिएको छ ।

बुम्राह र भुवनेश्वर अहिले वेष्ट इण्डिजमा टेष्ट सिरिज खेलिरहेका छन् । उनीहरुको स्थानमा खलिल अह्मद र नवदीप सैनीलाई स्थान दिइएको छ । त्यसैगरी अनुभवी विकेटकिपर व्याट्सम्यान महेन्द्र सिंह धोनीलाई पनि बाहिर राखिएको छ ।

तीन म्याचको सिरिज अन्तरगतको पहिलो खेल सेप्टेम्बर १५ मा धर्मशालामा हुनेछ ।

भारतीय टोली
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धावन, केएल राहुल, श्रेयार आयर, मनिष पाण्डे, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, क्रनाल पाण्ड्या, वासिङ्गटन सुन्दर, राहुल चाहर, खलिल अह्मद, दिपक चाहर, नवदीप सैनी

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: